दोलखा।
दोलखाको बैतेश्वर गाउँपालिकामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बैतेश्वर गाउँपालिका वडा नम्बर– ७ माझीबुस्तिकी ३५ बर्षिय कल्पना तमाङको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।
तमाङलाई सोमवार जङ्गलमा दाउरा लिन जाने क्रममा सर्पले टोकेको थियो । सर्पको टोकाईपछि बोल्न नसक्ने अवस्थामा पुगेकी तमाङलाई उपचारको लागि बैतेश्वर गाउँपालिका वडा नम्बर– ६ बुस्तिमा रहेको लालीगुराँस सामुदायीक अस्पतालमा लगिएकोमा उपचारकै क्रममा सोमवार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया