युरोपियन फुटबलको चम्किलो करिअर छाडेर भिन्न लिगमा खेल्न गएका दुई सुपरस्टार खेलाडीले १ सयौं गोलको रेकर्ड बनाएका छन् । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेसीले अमेरिकी मेजर साकर (एमएलएस) मा १ सय गोलको ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् । यो संख्या गोल र असिस्ट दुवै गणना गरी १ सय गोलको योगदान भएको हो ।
एमएलएसको इन्टर मायामीबाट खेलिरहेका मेसीले टोरेन्टो एफसीविरुद्धमा एक गोल र २ गोलमा असिस्ट गर्दै क्लबका लागि १ सय गोलको लागि योगदान दिएका हुन् । उनी एमएलएस इतिहासमा सबैभन्दा छिटो १ सय गोल योगदान गर्ने पहिलो खेलाडीसमेत बने ।
मेसीले ६४ खेलमा यो रेकर्ड राखेका हुन् । २०२३ मा इन्टर मायामी आएदेखि उनले टिमका लागि ५९ गोल र ४१ गोलका लागि असिस्ट गरेका छन् । यसअघि कम खेलमा १ सय गोल योगदान दिने रेकर्ड सेबास्टियन जियोभिन्कोको नाममा थियो । तर, जियोभिन्कोले यो उपलब्धि हासिल गर्न ९५ खेल खेलेका थिए । जुन उनले मेसीले भन्दा ३१ खेल बढी खेलेका थिए ।
यसअघि, मे ८ मा पोर्चुििगजका सुपरस्टार खेलाडी रोनाल्डोले भने व्यक्तिगत १ सय गोल पूरा गरेका हुन् । साउदी प्रो लिगमा अल नासरका लागि खेलिरहेका रोनाल्डोले अल शबाबविरुद्ध यो ऐतिहासिक लक्ष्य पूरा गरेका हुन् । योसँगैं उनको करिअरको गोल संख्या ९७१ भएको छ ।
यो गोलसँगैं उनको टोली ४–२ ले जितेको थियो । २०२२ मा अलनासर आबद्ध भएका उनले अहिलेसम्म टोलीबाट लिग जित्न सकेका छैनन् । यस सिजनमा भने अल नासर लिग उपाधि जित्न अग्रसर छ ।











प्रतिक्रिया