काठमाडौँ।
नेपाली सेनाको आयोजनामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। नेपाली सेना र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ, विश्वसनीय तथा प्रभावकारी बनाउने उद्देश्यले जङ्गी अड्डामा “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। चार दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको शुभारम्भ आइतबार जनसम्पर्क निर्देशक सहायक रथी राजाराम बस्नेतले गर्नु भयो।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आबद्ध २९ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ। अभिमुखीकरणमार्फत सञ्चारकर्मीहरूलाई नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी, भूमिका तथा मुख्य गतिविधिबारे जानकारी प्रदान गरिनेछ।
यसका साथै विपद् प्रतिकार्य, सुरक्षा सरोकार तथा समसामयिक विषयहरूमा अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिने बताइएको छ। नेपाली सेनाका अनुसार कार्यक्रमले रक्षा क्षेत्रमा सूचना सम्प्रेषणलाई थप तथ्यपरक, प्रभावकारी र समन्वयात्मक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया