रवि लामिछाने को आडमा राजनीति कति दिन ?


काठमाडौं ।

रास्वपा सभापति रवि लामिछाने सरकारका गतिविधि र आफ्नै विगतका अभिव्यक्तिका कारण दबाबमा परेको चर्चा चुलिएको छ । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदमको बचाउ गर्नुपर्दा उनी पार्टीभित्र र बाहिर दुवैतर्फ आलोचनामा परेका छन् । विश्लेषकहरूका अनुसार रवि खुला रूपमा सरकारविरुद्ध उभिन नसकेको आकलन गरिएको छ ।

यता डोजर अभियानले रास्वपाको स्थानीय तह निर्वाचन रणनीतिमा समेत असर पारेको बताइन्छ । देशभरका सुकुम्बासी समुदायमा त्रास फैलिएको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको छ । उता दमक, विराटनगर र बुटवललगायत स्थानीय तहहरूले सरकारलाई सुकुम्बासीको विवरण उपलब्ध गराउन अस्वीकार गरेपछि संघीय सरकार र स्थानीय तहबीच टकराव बढ्दो अवस्थामा पुगेको छ ।

यसबीच प्रधानमन्त्री बालेन्द्र शाह माथि टुकुचा खोलामाथि बनेका संरचना हटाउने कि नहटाउने भन्ने प्रश्नसमेत उठ्न थालेको छ । विपक्षीहरूले सरकारले गरिबमाथि डोजर चलाएर धनीहरूको संरक्षण गरेको आरोप लगाइरहेका छन् ।