राष्ट्रिय सभाबाट अध्यादेश रोक्न विपक्षी दलहरूको तयारी


काठमाडौं ।

सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रिय सभाबाट रोक्न विपक्षी दलहरूले गृहकार्य तीव्र पारेका छन्। नेपाली कांग्रेस, नेकपा र एमालेबीच संवैधानिक परिषद् सम्बन्धी अध्यादेश रोक्ने विषयमा सहमति बनेको नेताहरूले बताएका छन्। विपक्षी दलहरूको निष्कर्षमा उक्त अध्यादेशले शक्ति सन्तुलन र लोकतान्त्रिक अभ्यास कमजोर बनाउने देखिएको छ।

यद्यपि सबै अध्यादेश अस्वीकृत गर्ने वा केही मात्र रोक्ने भन्ने विषयमा अझै अन्तिम निर्णय भएको छैन। कांग्रेसले विश्वविद्यालय सम्बन्धी अध्यादेशप्रति पनि आपत्ति जनाएको छ भने एमालेले सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेशको विरोध गरिरहेको छ।

संविधानअनुसार अध्यादेश दुवै सदनबाट स्वीकृत नभए स्वतः निष्क्रिय हुने व्यवस्था छ।