मोरङ्ग ।
जिल्लाको रतुवामाई नगरपलिका–२ घररुचोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले बैशाख २७ गते राती २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।

५ सय दरको ४० बण्डल उल्लेखित भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ मोटरसाईकलमा आउदै गरेका व्यक्तिहरुलाई शंका लागि जाँच गर्ने क्रममा मोटरसाईकल पछाडि सवार व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेका थिए । बरामद रुपैयाँ आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।











प्रतिक्रिया