टर्की एयरलाइन्स विमानमा आगलागीपछि बन्द विमानस्थल पुनः सञ्चालन, यात्रुको घुइँचो


काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरणका क्रममा टर्की एयरलाइन्स को फ्लाइट नम्बर टीके–७२६ को जहाजको टायरमा आगलागी भएपछि केही समय उडान सेवा अवरुद्ध भएको छ। सोमबार बिहान दमकलको सहायताले आगो नियन्त्रणमा लिएर जहाजलाई ट्याक्सी वेबाट हटाइएपछि करिब डेढ घण्टापछि विमानस्थल पुनः सञ्चालनमा आएको हो।

घटनाका कारण उडान तथा अवतरण प्रभावित हुँदा विमानस्थलमा यात्रुहरूको ठूलो भिड लागेको थियो। साथै, इस्तानबुलका लागि बिहान ८:१० बजे निर्धारित टीके–७२७ उडान प्रतिकूल परिस्थितिका कारण रद्द गरिएको विमानस्थल स्रोतले जनाएको छ।