सुन प्रतितोला १ हजारले घट्यो, चाँदीको मूल्य बढ्यो


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार २ सय ६० रुपैयाँ निर्धारण गरिएको छ।

यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेर ५ हजार ३ सय रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ५ सय ४४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ।