काठमाडौँ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।
यसको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया