सिन्धुली ।
सिन्धुलीकाे दुधाैलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–४ पाखाभित्ताका ७० वर्षीय पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ अविरल वर्षासँगै परेको चट्याङका क्रममा घरदेखि करिब दुई सय मिटर दक्षिणतर्फ रहेको मकैबारीमा घाँस काट्न गएका बुढाथोकी घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए ।
खोजीका क्रममा राति करिब पाैने दश बजे उनी घाइते भई ढलिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ । स्थानीयले राति १० बजे प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक सपना खड्काको कमाण्डमा टोली घटनास्थल पुगेको थियो ।
घाइते बुढाथोकीलाई उपचारका लागि नगर अस्पताल सिर्थौली पठाइएकोमा राति १०ः५० बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सुर्यप्रकास सुवेदीले पजानकारी दिनुभएको छ ।











प्रतिक्रिया