काठमाडौँ।
अविरल वर्षाका कारण जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सोमबार साँझ ६:४५ बजेदेखि रोशी खोलामा पानीको सतह उल्लेख्य रूपमा बढेपछि सम्भावित दुर्घटना जोखिमलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो।
प्रहरीले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक जानकारीका लागि ट्राफिक प्रहरीको हटलाइन नम्बर १०० र १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ।
सडकको अवस्था सामान्य नभएसम्म आवागमन बन्द रहने जनाइएको छ।











प्रतिक्रिया