सुनसरीको इटहरीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते


काठमाडौ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

दुर्घटनामा इटहरी–२ शान्तिनगरका करिब ५० वर्षीय अमरबहादुर भुजेल गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

शुक्रबार साँझ प्रदेश १–०२–०२० प ६८८३ र प्रदेश १–०२–०२० प ६३४० नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते अन्य दुईजनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।