राजधानीको भिमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलको प्रांगण बिहीबार परम्परागत सांगीतिक लय, रंगीन भेषभूषा र विविध संस्कृतिको झिलिमिलीले जीवन्त बन्यो। १३औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०२६ अन्तर्गत आयोजित कार्यक्रममा विभिन्न ६ देशका कलाकारले एकपछि अर्को प्रस्तुति दि“दा उपस्थित दर्शकले क्षणभरमै विश्व संस्कृतिको यात्रामा पुगेको अनुभूति गरे।



मञ्चमा कहिले नेपाली मौलिक बाजाको धुन गुन्जिन्थ्यो, त कहिले कलाकारहरू अफ्रिकी ढोलकको तालमा नाच्थे। कलाकारहरूले विभिन्न परम्परागत बाजा बजाउदै लोकनृत्यहरू प्रस्तुत गरेका थिए। नेपालसहित भारत, बोत्सवाना, एस्टोनिया, जर्मनी र दक्षिण अफ्रिकाका कलाकारहरूले आ–आप्mनो पहिचान बोकेका नृत्य, संगीत र परम्परागत कला प्रस्तुत गर्दा वातावरण रोमाञ्चकताले भरिएको थियो। कार्यक्रममा सोही विद्यालयका कक्षा ६ का विद्यार्थीहरूले प्रस्तुत गरेको नेवारी नृत्यले विदेशी कलाकारहरूलाईसमेत मन्त्रमुग्ध बनायो।



कार्यक्रमको मुख्य उद्देश्य नेपाली लोकसंगीतको प्रवद्र्धन गर्नुका साथै नया पुस्तालाई देशको समृद्ध सांस्कृतिक सम्पदासग जोड्नु रहेको थियो। विद्यार्थीहरूले उत्साहपूर्वक कार्यक्रमको आनन्द लिए र ताली बजाउदै तथा गीतमा साथ दिदै सहभागिता जनाए। यसले विद्यालयमा उत्साहपूर्ण र रमाइलो वातावरण सिर्जना ग¥यो। कलाकारहरूले आधुनिक समयमा लोक संगीत र नृत्य संरक्षणको महत्वबारे पनि जानकारी दिए। उनीहरूले विद्यार्थीलाई परम्परागत कला र संस्कृतिप्रति सम्मान र चासो राख्न प्रेरित गरे।



कला र संगीत शिक्षामा विशेष जोड दिने भएकाले यस कार्यक्रमका लागि रोलिङ स्टोन्स स्कुल चयन गरिएको हो। विद्यालयले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै विद्यार्थीको सिर्जनशीलता विकासमा सहयोग पु¥याउ“दै आएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई नेपालसगै विभिन्न देशको सांगीतिक र कलात्मक परम्परालाई बुझ्न र त्यसप्रति सम्मान बढाउन महत्वपूर्ण योगदान पु¥याएको छ। कार्यक्रममा विद्यालयकी निर्देशक बिनी श्रेष्ठले सहभागी विभिन्न देशका कलाकारहरूलाई खादा र पुष्पगुच्छाद्वारा सम्मान गरेकी थिइन् भने विदेशी टोलीले पनि विद्यालयलाई मायाको चिनो प्रदान गरेका थिए।


एभरेष्ट कल्चर गु्रपले पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने नारासहित मेला आयोजना गरेको हो। ग्रुपले दुई दशकदेखि निरन्तर रूपमा विभिन्न देशमा भएका मेलामार्पmत नेपाली सांस्कृतिक विविधतालाई विश्वमाझ चिनाउ“दै आएको छ। संस्थाका अध्यक्ष आरसी कोइराला (रामचन्द्र) ले पछिल्लो समय युवा पुस्तामा मौलिक संस्कृतिप्रति घट्दो चासोप्रति चिन्ता व्यक्त गर्दै यस्ता कार्यक्रमले संस्कृति संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
यस वर्षको मेला काठमाडौंसगै पोखरा, ललितपुर, काभ्रेको पा“चखाल र बूढानीलकण्ठसम्म फैलिएको थियो। आज शुक्रबार काठमाडौं संस्करणको वज्र कला कुञ्ज र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजना र वडा नं. २३ कार्यालयको सह–आयोजनामा हुने सांस्कृतिक र्यालीले राजधानीलाई झनै उत्सवमय बनाउनेछ। दिउसो १ बजे जमलबाट सुरु हुने ¥याली कमलाछी, असन, जनबहाल, इन्द्रचोक, मखन र हनुमानढोका हुदै काठमाडौं दरबार स्क्वायरमा पुगेर समापन हुनेछ।

मेलामा नेपालसहित बोत्सवाना, इस्टोनिया, इजरायल, जर्मनी, भारत, ताइवान र दक्षिण अफ्रिकाका गरी २ सय ६० भन्दा बढी कलाकारहरूको सहभागिता रहेको छ। उनीहरूले आप्mना मौलिक भेषभूषामा प्रस्तुत गरेका झाँकी, लोकगीत र नृत्यले काठमाडौंलाई केही दिनका लागि साँच्चै अन्तर्राष्ट्रिय सांस्कृतिक रंगमञ्चमा रूपान्तरण गरिदिएको छ। मेला केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो विविध संस्कृतिहरूबीचको सेतु बन्न पुग्यो। जहाँ परम्परा, पहिचान र आत्मीयताको सुगन्ध एकैपटक महसुस गर्न सकिन्छ। कार्यक्रमस्थलमा पुगेका प्रत्येक दर्शकका लागि यो अनुभव अविस्मरणीय बनेको छ।












प्रतिक्रिया