काठमाडौं ।
नेपाल भलिबल संघको आयोजनामा यही जेठमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिप लिग हुने भएको छ ।
जेठ ८ गते देखि १५ गतेसम्म चल्ने प्रतियोगितामा काभाका ८ देशका राष्ट्रिय टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपालसहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, काजाकिस्तानले खेल्ने आयोजकले जनायो ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)को अन्तर्राष्ट्रिय वरियतामा समेत यो प्रतियोगिताका नतिजाहरुले प्रभाव पार्नेछन् । जसका कारण घरेलु मैदानमा हुने प्रतियोगितामा राम्रो नतिजा ल्याउन सके नेपालको महिला विश्व वरियतामा सुधार हुने भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।
अध्यक्ष चन्दको अनुसार प्रतियोगिता सञ्चालन गर्न सरकारले १ करोड रकम सहयोग गरेको छ । यस्तै, काठमाडौं महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको पनि चन्दले जानकारी गराए । प्रतियोगिताको अनुमानित कूल बजेट २ करोड ५० लाख नगद रहने पनि बताइएको थियो ।











प्रतिक्रिया