काठमाडौं।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टी र आफूले पराजय भोगेपछि थापाले नैतिक रूपमा राजीनामा दिए पनि त्यसलाई कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले राजीनामा अस्वीकृत गर्नुका विभिन्न आधारहरु पेस गरेको छ । जसअनुसार संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरूका कारण निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालिएको छ ।
वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ । राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेको समेत जनाइएको छ । यसैगरी बैठकले राजीनामा बाध्यकारी नभई नैतिक र स्वैच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको निष्कर्ष निकालेको हो ।

उता शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरुले पार्टीको समानन्तर गतिविधि सञ्चालन गर्न थालेका छन् ।











प्रतिक्रिया