लालीबजारको मायालाई बैना


आगामी वैशाख १८ रिलिजमा आउने फिल्म लालीबजारमा समावेश गीत मायालाई के दिऊँ म बैना राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतको भिडियोमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ र डेब्यु कलाकार विशाल देवकोटा फिचर्ड छन्। प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षण बनेको छ। गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर तथा संगीत खेम सेन्चुरीकै छ भने शब्द रचना रमेश बिजीको रहेको छ। गायिका दीपिकाले यसअघि गाएको कश्मिरे पछ्यौरी दार्जलिङको रेल बोलको गीत लोकप्रिय छ।

बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन्। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु पाएका छन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा निर्माणाधीन फिल्ममा पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्।

षट्कोण आर्टसको ब्यानरमा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानिया“द्वारा निर्माणाधीन फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने क्रिएटिभ निर्देशन जेबी रुवाली, संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवा, कला निर्देशन उमेश चौधरी, द्वन्द्व निर्देशन सम्राट बस्नेत, छाया“कन निर्देशन सुसन प्रजापति, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ तथा सम्पादन मित्रदेव गुरुङ रहेका छन्।