काभ्रे ।
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मधु कुमार चौलागाईं भारी मतान्तरसहित विजयी भएका छन्। पुराना र स्थापित राजनीतिक दलका उम्मेदवारहरूलाई निकै पछाडि पार्दै चौलागाईंले ‘घण्टी’ को विरासत काभ्रेमा पनि स्थापित गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार चौलागाईंले २९ हजार ६१८ मत प्राप्त गरेका छन्।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुणराज मुक्तानलाई १० हजार ४५२ मतान्तरले पराजित गरेका हुन्। मुक्तानले १९ हजार १६६ मत प्राप्त गरे। यस्तो छ चुनावी अङ्कगणित: यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा त्रिपक्षीय हुने अनुमान गरिए पनि नतिजा भने रास्वपाको पक्षमा एकपक्षीय जस्तै देखियो।
नेकपा (माओवादी केन्द्र) का तर्फबाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार मानिएका दिननाथ गौतम १४ हजार १८४ मतका साथ तेस्रो स्थानमा रहे। यस्तै, नेकपा (एमाले) का उम्मेदवार अमि तामाङले १३ हजार ८१४ मत प्राप्त गरे ।
उम्मेदवार पार्टी प्राप्त मत मधु कुमार चौलागाईं राष्ट्रिय स्वतन्त्र पार्टी २९,६१८ (विजयी) गुणराज मुक्तान नेपाली कांग्रेस १९,१६६ दिननाथ गौतम नेकपा (माओवादी केन्द्र) १४,१८४ अमि तामाङ नेकपा (एमाले) १३,८१४ पुराना दललाई चुनौती काभ्रे–१ मा एमाले र कांग्रेस–माओवादीको बलियो संगठन मानिए तापनि मतदाताले नयाँ विकल्प रोजेको देखिन्छ।
चौलागाईंको जितले काभ्रेको परम्परागत राजनीतिक समीकरणलाई पूर्ण रूपमा बदलिदिएको छ। स्थानीय तहको निर्वाचनमा देखिएको दलगत पकडलाई यसपटक रास्वपाको ‘लहर’ ले पखालिदिएको छ। विजयी भएपछि प्रतिक्रिया दिँदै चौलागाईंले यो जित काभ्रेली जनताको सुशासन र समृद्धिको चाहनाको प्रतिफल भएको बताए।
उनले अबको कार्यकाल जनताको सेवक बनेर विकास निर्माणमा केन्द्रित हुने प्रतिबद्धता समेत व्यक्त गरे। महोत्तरीमा दीपक कुमार साह र काभ्रेमा मधु कुमार चौलागाईंको जितले रास्वपाको देशव्यापी प्रभावलाई अझ मजबुत बनाएको विश्लेषण गरिएको छ।











प्रतिक्रिया