काठमाडौं।
न्युरोड टिम (एनआरटी) ले जारी राष्ट्रिय लिगमा चितलाङ फुटबल क्लबलाई २–१ ले हराएको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा एनआरटीलाई जित दिलाउन राजीव लोप्चन र टिमोथी चिएमेरिए ओकेरेकेले गोल गरेका थिए ।
राजीवले खेलको १० औं मिनेटमै गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, ३७ औं मिनेटमा एनआरटीका सनम सोदेम्बा लिम्बूले आत्मघाती गोल गर्दा खेल १–१ को बराबरीमा पुगेको थियो । टिमोथीले ५४औं मिनेटमा गोल गरेर एनआरटीलाई जित दिलाए ।
यो एनआरटीको जारी लिगमा पाँचौं जित हो । टोली ९ खेलमा १९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चितलाङको भने यो चौथो हार हो र ९ खेल खेल्दा टोलीको मात्र ७ अंक बनेको छ ।
आर्मीको पाँचौं जित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले जारी राष्ट्रिय लिगमा पाँचौं जित हासिल गरेको छ । टोलीले नव जनजागृति युवा क्लबलाई ३–० ले पराजित गरेको हो । टोलीलाई जित दिलाउन जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ र कुन्साङ लामाले एक–एक गोल गरेका थिए ।
यो नतिजापछि विभागिय टोलीकोे ८ खेलमा १७ अंक जोडेर चौथो स्थानमा रहेको छ । जनजागृतिले भने यो आठौं हार बेहोरेर अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन ।











प्रतिक्रिया