रौतहटमा विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक

2.63k
Shares

रौतहट ।

आगामी निर्वाचनलाई मध्यनजर गर्दै रौतहट जिल्लाभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै फागुन १७ गतेदेखि फागुन २१ गतेसम्मका लागि यो प्रतिबन्ध लागू गरिएको जनाएको हो।

​निर्वाचन सुरक्षाका लागि कदम फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले यो निर्णय गरेको हो।

निर्वाचनको समयमा सुरक्षा चुनौती बढ्न सक्ने कुरालाई ध्यानमा राख्दै ५ दिनका लागि विदेशी सवारी साधन निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।