राजधानीमा लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६ सम्पन्न भएको छ।
प्रतियोगितामा जुनियर ब्वाइजतर्फ निल वंशल र जुनियर गर्लतर्फ शिवाना पाण्डे विजेता बने। त्यस्तै सिनियर ब्वाइजतर्फ आर्सुअंश भण्डारी र सिनियर गर्लतर्फ आरिका उप्रेतीले शीर्ष उपाधि हात पारे।
जुनियर ब्वाइजतर्फ विश्व झा फस्ट, नक्स सरावगी अग्रवाल सेकेन्ड, सेरोन थापा थर्ड र सौर्य रौनियार फोर्थ रनर्सअप भए। सिनियर ब्वाइजतर्फ सुर्यान्स श्रेष्ठ फस्ट, चिरन गोयल सेकेन्ड, सम्वत संसार महर्जन थर्ड र सुशान्त राई फोर्थ रनर्सअप भए।
सिनियर गर्लतर्फ अनुस्का थापा फस्ट, अमूल्य पन्त सेकेन्ड, यादिमा राई थर्ड र सुहाना घिमिरे फोर्थ रनर्सअप बने। जुनियर गर्लतर्फ आश्री आरएल कु“वर फस्ट, सिवान्सी थापा सेकेन्ड, अदिश्री आचार्य थर्ड र सेजल पाण्डे फोर्थ रनर्सअप भए।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको प्रतियोगितामा जुनियरतर्फ २५ र सिनियरतर्फ २० गरी ४५ जना बालबालिकाले प्रतिस्पर्धा गरेका थिए। प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजुले यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्दै भविष्य निर्माणमा सहयोग पुग्ने बताए।
प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता मुकुन भुसाल, अभिनेत्री रेनुनाथ योगी, काठमाडौं वल्र्ड स्कुलका कोअर्डिनेटर राजेश घिमिरे, संकार गुरूकुलका संस्थापक प्रिन्सिपल अमन हिताङ, कोरोना स्कुलकी बोर्ड अफ डिरेक्टर रोशनी शाही ठकुरी, इभेन्ट निर्देशक आशिष थापा मगर र सिजी लर्निङका ब्राण्ड हेड शिरिष आर तुलाधर रहेका थिए।











प्रतिक्रिया