सरकारले फिल्म पर्यटनलाई प्रवद्र्धन गर्ने नीति अघि सारेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, आध्यात्मिक र अवकाश पर्यटनसगै फिल्म पर्यटनलाई पनि विशेष प्राथमिकतामा राखिएको छ।
नीतिमा नेपालका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई फिल्म छायाकनमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उल्लेख गरिएको छ। यसले विदेशी फिल्म निर्माण टोलीलाई नेपालमा छायाकनका लागि आकर्षित गर्ने अपेक्षा गरिएको छ।
सरकारको यो योजनाले नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसग जोड्न र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्य राखिएको छ।











प्रतिक्रिया