वर्षा र पहिरोले मुख्य राजमार्ग प्रभावित, केही सडक पूर्ण बन्द


काठमाडौं ।

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। काभ्रेपलाञ्चोकको खुरकोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्ड वैशाख २२ गतेदेखि सम्भावित बाढीको जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ।

यस्तै, भोजपुरको बोखिम क्षेत्रमा बाढीले सडक अवरुद्ध गरेपछि वैकल्पिक मार्गमार्फत एकतर्फी सञ्चालन गरिएको छ।

संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।