ला पाज ।
बोलिभिया : Lockheed C-130 Hercules सैन्य कार्गो विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा रनवेबाट बाहिर निस्केर व्यस्त सडकमा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
पूर्वी सहर Santa Cruz de la Sierra बाट उडेको विमानले बोलिभियन बैंकनोट बोकेको थियो, जुन दुर्घटनापछि सडकमा छरिएको थियो। पैसा उठाउन भीड जम्मा भएपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो।
खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाको औपचारिक अनुसन्धान सुरु गरिएको छ। प्रहरीले लुटपाटको आशंकामा १२ जनालाई पक्राउ गरेको जनाएको छ।











प्रतिक्रिया