काठमाडौँ ।
जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कुल १,०७६ उजुरी परेका छन्। निर्वाचन आयोगका अनुसार तीमध्ये १,०६१ अर्थात् ९९ प्रतिशत उजुरी फर्छ्यौट भइसकेका छन्।
प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी दर्ता भएका छन्। प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य माध्यमबाट आएका थिए।
आयोगका अनुसार तोकिएको आकारभन्दा ठूला तुल, ब्यानर र झन्डा प्रयोगसम्बन्धी उजुरी सबैभन्दा बढी छन्। साथै सामाजिक सञ्जालको दुरुपयोग, डिजे माइक प्रयोग गरी ध्वनि प्रदूषण, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा संलग्न भएको, सार्वजनिक स्थान र सवारीसाधनमा झन्डा टाँगिएको तथा अनुमति नलिएका सवारी साधन प्रयोग गरिएका उजुरी पनि परेका छन्।











प्रतिक्रिया