नवलपरासी ।
राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासी पश्चिमका जिल्ला सभापति महेन्द्र सिंह ठकुरी बिहीबार नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन्।
नेपाली काँग्रेस नवलपरासी पश्चिम क्षेत्र नम्बर १ काे चाैपत्तामा आयोजित चुनावी सभामा रास्वपाका संस्थापक जिल्ला सभापति ठकुरी काँग्रेस प्रवेश गरेका हुन् ।
ठकुरीलाई काँग्रेस नेता एवं पार्टी उपसभापति विश्व प्रकाश शर्माले रूख चिन्ह अङ्कित ब्याच लगाएर फूलमालासहित स्वागत सम्मान गरेका थिए ।
काँग्रेस उम्मेदवार उद्योगपति विनोद चाैधरीकाे साे क्षेत्रमा रास्वपाका जिल्ला सभापति ठकुरीसहित एमाले,माओवादी तथा अन्यदलका कार्यकर्ता गरी सयाैंकाे संख्यामा नेपाली काँग्रेस प्रवेश गरेको बताइएको छ ।
ठकुरी यस अघि २०७९ सालकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा साेही क्षेत्रबाट रास्वपा उम्मेदवार रहेको र उनले त्यस बखत १२ हजार ४ सय ९९ मत ल्याएका थिए ।
यस पटक रास्वपाले साे क्षेत्रमा नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका पूर्व महामन्त्रीलाई आफ्नो पार्टीमा भित्र्याउँदै उम्मेदवारका रूपमा टिकट समेत दिए पछि ठकुरी पार्टी प्रति असन्तुष्ट रहदै आएको बताइन्छ ।
पार्टी प्रवेशका क्रममा ठकुरीले आयोजित सभामा रास्वपा भित्र टिकट बाँडफाडमा आर्थिक चलखेल हुने गरेको, पार्टीमा नीति र विधि बिपरित ईमान्दार कार्यकर्तालाई पाखा लगाउने परिपाटी रहेको आँफू लाेकतान्त्रिक पार्टी नेपाली काँग्रेसमा समाहित भएको बताए ।
कही दिन अघि ठकुरीका दाजु रास्वपा सुस्ता गाउँपालिका उपसभापति गुप्त सिंह ठकुरीले पनि साे पार्टी त्यागकाे घाेषणा गरेका थिए ।
रास्वपा जिल्ला नेता सहित ठूलाे संख्यामा अन्यपार्टीका कार्यकर्ता पार्टीमा प्रवेश गर्नुले नेपाली काँग्रेसमा उत्साह थपेको र आम कार्यकर्ता माझ जितकाे आशा बढेको त्रिवेणी सुस्ताका एक जिम्मेवार काँग्रेस नेताको कथन रहेको छ ।
स्थानीयहरू पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसकाे रूख, जनता प्रगतिशील सहितकाे समाजबादी गठबन्धन चुनाव चिन्ह छाता र रास्वपाकाे घण्टी बीचनै मुख्य प्रतिस्पर्धा रहने बताउँछन् ।











प्रतिक्रिया