दीपक महतोलाई नेपाली कांग्रेसमा राजनीतिक समन्वयको जिम्मेवारी


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका सर्लाहीका नेता दीपक महतोलाई कांग्रेसका सभापति गगन थापाले नयाँ जिम्मेवारी दिएका छन्।

सभापति थापाले महतोलाई आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि विभिन्न क्षेत्रमा रहेका उम्मेदवारहरूसँग सहकार्य, रणनीतिक पहल र चुनावी वातावरण निर्माण गर्ने जिम्मेवारी सुम्पिएका छन्। साथै अन्य राजनीतिक धार र वैकल्पिक राजनीतिक समूहसँग संवाद गरी कांग्रेसको पक्षमा सकारात्मक माहोल सिर्जना गर्नुपर्ने काम पनि उनीलाई तोकिएको छ।

दीपक महतो पहिले डा.बाबुराम भट्टराईको साथ छोडेर रास्वपा प्रवेश गरेका थिए र सर्लाही–३ मा चुनाव लड्ने तयारीमा थिए। तर अन्तिम समयमा टिकट नपाएपछि उनले विद्रोह गरेका थिए। टिकट वितरणको दिन नाराबाजी गरेपछि उनी पक्राउसमेत भएका थिए। त्यसपछि महतोले रास्वपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।