मेष : समय शुभकारक छ । वस्तु वा सेवाको लाभ, द्रव्य लाभ, उत्तम भोजन होला ।
वृष : समय शुभ भएकाले राज्यबाट लाभ, राजनीतिमा सफलता, कार्य सिद्धि हुने देखिन्छ ।
मिथुन : बिहान रोगव्याधि, धन नाश हुन सक्छ । त्यसपछि भने सुख–सन्तोष होला ।
कर्कट : बिहान मान–सम्मान हुन सक्छ । त्यसपछि भने रोगव्याधि, संकट आइपर्न सक्छ ।
सिंह : आर्थिक लाभ, सफलता, प्रतिस्पर्धामा विजय, प्रतिष्ठामा वृद्धि हुने सम्भावना छ ।
कन्या : समय उत्तम भएकाले कार्य सिद्धि, सुख–सन्तोष, शत्रु विजय, पारिवारिक सुख होला ।
तुला : पूर्वाह्न्न पेट गडबड हुन सक्छ । त्यसपछि भने कार्य सफल, तनाव मुक्त हुने देखिन्छ ।
वृश्चिक : बिहान धनप्राप्ति, प्रतिष्ठा बढ्ला । त्यसपछि झमेला, तनाव आइपर्न सक्छ ।
धनु : समय उत्तम छ । आर्थिक लाभ, पराक्रम वृद्धि, प्रगतिको अवसर, प्रसन्नता हुने देखिन्छ ।
मकर : समय बलवान् भएकाले भाग्योदय होला । अन्नलाभ, आर्थिक लाभ हुने देखिन्छ ।
कुम्भ : बिहान कार्य बाधा हुन सक्छ । त्यसपछि सुख, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ ।
मीन : बिहान मिष्ठान्न भोजन होला । त्यसपछि भने स्वास्थ्य विकार, खर्च हुने सम्भावना छ ।











प्रतिक्रिया