काठमाडौं ।
बागलुङमा स्थानीय प्रशासनको आह्वानअनुसार इजाजतप्राप्त ४२ थान हतियार प्रशासनसमक्ष बुझाइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भरुवा बन्दुक र सटगनलगायतका हतियार स्थानीयले स्वेच्छाले बुझाएका हुन्।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले हतियार बुझाउने क्रम अझै जारी रहेको जानकारी दिँदै निर्वाचनअघि सबैले आफ्नो हतियार नजिकको प्रहरी चौकी वा सम्बन्धित सुरक्षा निकायमा बुझाउन आग्रह गरेका छन्। अटेर गरेमा अनुमतिपत्र रद्द गरिने चेतावनीसमेत दिइएको छ।
यसअघि प्रशासनले सञ्चालन गरेको खोजी अभियानमा इजाजतबिना राखिएका ११५ थान हतियार बरामद गरिएको थियो।











प्रतिक्रिया