अख्तियारको सुशासन पुरस्कार सुनील महर्जनलाई प्रदान


काठमाडौं।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनलाई सुशासन पुरस्कार – २०८२ प्रदान गरेको छ ।
आयोगको ३५ औं स्थापना दिवसको अवसरमा बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक समारोहकाबीच सो पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले उहाँलाई सम्मानपत्र प्रदान गर्नुभयो । पुरस्कारको नगद राशि २५ हजार रुपैयाँ रहेका छ ।

जवाफेदही प्रशासन, भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा पत्रकारिता गर्दै आएकोलाई कदर गर्दे आयोगले सो पुरस्कार प्रदान गरेको आयोगले जनाएको छ ।

अख्तियारले यस वर्षको सुशासन पुरस्कार उकालो डटकमका दिपा दाहाल, न्यूज नेपालका खिला ढकाल, गोर्खापत्र दैनिकका मुगु संवादाता हरिकृष्ण अ‍ैंडी र लेखक दिपेश घिमिरेलाई प्रदान गरिएको थियो।भ्रष्टाचार नियन्त्रण तथा सुशासनको पक्षमा कलम चलाउनेलाई सो पुरस्कार प्रदान गर्ने गरिन्छ ।

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल,नेपाल सरकारका मन्त्री, संवैधानिक आयोगका प्रमुख, उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो।