काठमाडौँ ।
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो र कुहिरो लागेको छ भने सुदूरपश्चिम र कर्णालीसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ ।
आज दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु र कुहिरो रहने सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्नेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।











प्रतिक्रिया