काठमाडौं ।
निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएको हो। अब केहीबेरमा अदालतले आदेश सुनाउने तयारी गरेको छ।
सरकारले गत १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
तिहार तथा छठ पर्वको बिदापछि मंगलबार अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले कार्कीको रिटमाथि आज प्रारम्भिक सुनुवाइका लागि पेसी तोकेको थियो।











प्रतिक्रिया