काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफू, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुन्ने चेतावनी दिएको दाबी गरेका छन्।
बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आईजीपीको यस्तो अभिव्यक्तिप्रति आपत्ति जनाए। उनले आफूहरू राणा शासन, पञ्चायत र निरंकुश राजतन्त्रविरुद्ध लडेर आएको भन्दै प्रहरी प्रशासनले मजाक गर्न खोजेको आरोप लगाए।
ओलीले प्रमाण भए आफूहरूलाई पक्राउ गरेर थुन्न चुनौती दिँदै जिम्मेवार पदमा बसेका व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने बताए।
त्यस्तै, गृहमन्त्री सुधन गुरुङले फाइल खुल्दै गरेको र सबै थुनिने अभिव्यक्ति दिएको भन्दै ओलीले प्रश्न उठाए। उनले यस्तो अभिव्यक्तिले समाजमा आतंकको वातावरण सिर्जना गर्ने टिप्पणी गरे।











प्रतिक्रिया