काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनताप्रति अनुत्तरदायी बनेको आरोप लगाएका छन् ।काठमाडौँमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार बनेपछि समाज उल्टो दिशातर्फ अघि बढेको र संस्कृति तथा सभ्यतामाथि हमला भइरहेको दाबी गरे ।उनले सरकारसँग खर्बौं रुपैयाँ जम्मा भए पनि जनताका समस्या समाधानमा कुनै काम हुन नसकेको बताए ।
शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बिग्रँदै गएको तथा पीडित जनताले दुःख पाइरहेको उनको भनाइ थियो ।राज्यका निकायहरू जिम्मेवारीअनुसार काम गर्न नसकेको आरोप लगाउँदै ओलीले देशको स्वाधीनता, स्वाभिमान र अस्मिताको रक्षा गर्न जनता अघि बढ्नुपर्ने अवस्था आएको बताए।











प्रतिक्रिया