एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ: अध्यक्ष ओली


काठमाडौं ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । उद्घाटन मन्तव्यको क्रममा अध्यक्ष ओलीले भन्नुभयो- ‘सरकारले एमालेमाथि निर्मम हमला भएको छ । अब सरकारले फेरि हमाल गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ ।

त्यसको मूल्य महङ्गो पर्न सक्छ ।’ आफू गिरफ्तार हुँदा सयौं कार्यकर्तामाथि निर्मम ढङ्गले कुटपीट गरेको औंल्याउँदै अध्यक्षा ओलीले भन्नुभयो- ‘पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला । अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनु पर्छ । सबै तयार हुनु । यो सरकारले कुनबेला के गर्छ भर छैन ।’