काठमाडौँ ।
नेकपा एमालेले मङ्सिर १ देखि ५ गतेसम्म विभिन्न बैठक तथा भेला आयोजना गर्ने भएको छ। पार्टीले मङ्सिर १ गते स्थायी कमिटी बैठक, २ र ३ गते राष्ट्रिय भेला, ४ गते स्थानीय तहका प्रतिनिधिहरूको भेला र ५ गते चौथो केन्द्रीय कमिटी बैठक गर्ने निर्णय गरेको छ।काठमाडौँको कार्की ब्याङ्क्वेटमा हुने राष्ट्रिय भेलामा केन्द्रीय सदस्यदेखि पालिका तहका नेता तथा विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार ४१४ जना सहभागी हुनेछन्।
भेलामा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था, पार्टीको भावी कार्यदिशा र आगामी कार्यभारबारे सम्बोधन गर्नेछन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि समसामयिक राजनीति र पार्टीको जिम्मेवारीबारे विशेष सम्बोधन गर्ने कार्यक्रम छ।त्यस्तै, उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
एमालेका अनुसार भेलाको मुख्य उद्देश्य पार्टीको केन्द्रीय कमिटी बैठकले तय गरेका दुई प्रमुख कार्यभार र १५ कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुका साथै पार्टीको एकता सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारी गर्नु रहेको छ।











प्रतिक्रिया