काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको हित र संरक्षणका लागि जीवनको अन्तिम साससम्म संघर्ष गर्ने बताएका छन्।
शनिबार कांग्रेसको ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले हजारौँ शहीदको बलिदान र कार्यकर्ताको त्यागबाट बनेको कांग्रेसलाई कसैले पनि आफ्नो नियन्त्रणमा राख्न नसक्ने बताए।
आफू पाँच पटक प्रधानमन्त्री बन्नुमा पार्टी र कार्यकर्ताको ठूलो योगदान रहेको उल्लेख गर्दै उनले कांग्रेसको इतिहास, विचार र अस्तित्व समाप्त पार्न कसैले नसक्ने धारणा राखे।
देउवाले ‘जेन–जी’ आन्दोलनका क्रममा कांग्रेस र एमालेका नेता तथा उनीहरूका निवासलाई योजनाबद्ध रूपमा निशाना बनाइएको आरोपसमेत लगाए।
आफ्नो घर, कृष्णप्रसाद भट्टराईको आश्रम र बीपी कोइरालाको पुर्ख्यौली घर जलाइएको उल्लेख गर्दै उनले घटनालाई नियोजित षड्यन्त्रको संज्ञा दिए।
उनले प्रजातान्त्रिक आन्दोलनमा अग्रज नेताहरूको योगदानको सम्मान गर्दै पार्टीभित्र एकता कायम राख्नुपर्नेमा जोड दिए।











प्रतिक्रिया