काठमाडौ ।
सशस्त्र प्रहरी बल, नेपालले मकवानपुरको हेटौंडाबाट पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।कात्तिक २८ गते दिउँसो करिब १२:१५ बजे हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलमा गरिएको सवारी जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मकवानपुर र सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा अटोबाट भाग्न खोजेपछि ब्युरोको टोलीले एक राउण्ड हवाई फायर गरेको थियो।
त्यसक्रममा प्रहरीले ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक थान म्यागजिन र एक राउन्ड गोलि बरामद गरेको छ।
नियन्त्रणमा लिइएका हरुमा मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्ती निवासी २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन्।
नियन्त्रणमा लिइएका दुवै व्यक्ति, अटो तथा बरामद हतियार र गोली आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने क्रममा रहेको छ।











प्रतिक्रिया