जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत नपाउने अवस्था बनेपछि पदबाट राजीनामा दिएका छन्।
प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले पदभन्दा जनताको सेवा र विश्वास ठूलो भएको भन्दै राजीनामाको घोषणा गरेका हुन्।
सत्ता साझेदार नेकपा एमालेले असोज ३० गते समर्थन फिर्ता लिएपछि सरकार संकटमा परेको थियो। त्यसपछि कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
१०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ५२ सांसदको समर्थन आवश्यक थियो। तर आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री यादवले सदनमै राजीनामा दिएका हुन्।
अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी छ। तर दलहरूबीच नयाँ सत्ता समीकरणबारे सहमति जुट्न नसक्दा मधेश प्रदेशमा राजनीतिक अन्योल कायमै छ।











प्रतिक्रिया