काठमाडौं ।
कास्कीको पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए राति पौने १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी जीएमसी अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा पोखरा–२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको आज बिहान पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ।











प्रतिक्रिया