काठमाडौं ।
पश्चिमी वायुको आंशिक प्रभावले आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा र हिमपात हुन सक्नेछ।
तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
सोमबार पनि केही हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।











प्रतिक्रिया