मिसेस वल्र्ड स्यामी सहभागी हुँदै


ह्वीस्पर मिसेस नेपाल वल्र्ड २०२६ को ग्रान्ड फिनालेमा मिसेस वल्र्ड २०२५ चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी) सहभागी हुने भएकी छन्। फिनालेमा सहभागीलाई हौसला प्रदान गर्न उनी तीनदिने भ्रमणका लागि आज शुक्रवार नेपाल आउन लागेकी हुन्।

थाइल्यान्डकी स्यामीले मिसेस वल्र्डको ताज जितेपछि पहिलोपटक नेपाल भ्रमण गर्न लागेकी हुन्। मिसेस नेपाल वल्र्डका प्रतिस्पर्धीलाई बधाई तथा शुभकामना दिन नेपाल आउन पाउँदा आफू खुसी रहेको उनले बताएकी छन्। प्रतियोगिताको सफलताको कामना गर्दै उनले सामाजिक सञ्जालमार्फत आप्mनो उत्साहसमेत व्यक्त गरेकी छन्।

मिसेस वल्र्डको विजेता नै मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धामा सहभागी हुन आउन लागेकाले यसपटकको प्रतियोगितामा अन्तर्राष्ट्रिय आकर्षण थपिने अपेक्षा आयोजकको छ। उनको उपस्थितिले अन्तिम प्रतिस्पर्धामा रहेका विवाहित महिलालाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको अनुभव बुझ्न र आफ्नो क्षमता प्रस्तुत गर्न थप प्रेरणा मिल्ने विश्वास आयोजक शिला बास्तोलाले व्यक्त गरेकी छन्।