सातै प्रदेशमा भारी वर्षाको सम्भावना, पश्चिमी वायु र अर्नब चक्रवातको प्रभाव


काठमाडौँ ।

चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यतया बादल लागेको छ भने कोशी, बागमती र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका अधिकांश स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।

त्यस्तै, आज राति पनि देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले शनिबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षा र हिमपात हुन सक्ने जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।