काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाहले आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सफलताको कामना गरेका छन् ।
प्रधानमन्त्री शाहले एनपीएल छोटो समयमै नेपालको प्रमुख खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन्।
उनले प्रतियोगितामा सहभागी नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका हुन्।
प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको निरन्तर विकास र सफलताको कामना गर्दै आफ्नो सन्देशमा ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्ने भावना व्यक्त गरेका छन् ।
आजदेखि सुरु हुने एनपीएलमा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताले नेपाली क्रिकेटको प्रवर्द्धन र अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्न थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया