पारा तेक्वान्दो खेलाडी पलेशा गाेवर्धन आइची-नागाेया पाँचाैं एसियाली पारा खेलकुदमा पदक जित्न असफल !हाङचाउ संस्करणमा कांस्य जितेकी पलेशाकाे यसपालि जापानमा ठूलाे पदक जित्ने सपना टुटेकाे छ!महिला के-४४ विधाकाे ५७ केजीमुनि ताैल समूहकी प्रतिस्पर्धी पलेशाकाे पदक सपनामा इरानी खेलाडी बाधक !!
पहिलाे हारपछि उनले रिपिचेजमा माैका पाएकी थिइन् । रिपिचेजमा उनले काजखस्तानकी कामिल्या दाेस्मालाेभामाथि १४-१० अंककाे जित पाइन् । ३४ वर्षीया कामिल्यासँग पलेशाले हाङचाउमा सेमिफाइनलमा भाेगेकाे पराजय बदला पनि लिएकी थिइन् । चीनमा कामिल्याले रजत पदक जितेकी थिइन् ।
रिपिचेजकाे जितपछि पलेशा कांस्य पदक भिडन्तमा चाैथाे वरीयताकी १९ वर्षीया इरानी मरियम अब्दुल्लापाेर डेरोईससँग १८-६ अंकले पराजय भाेगिन् । पहिलाे राउन्डमा ४-० अंकले पछि परेकी पलेशाले दाेस्राे राउन्ड पनि १४-६ ले गुमाइन् । पेरिस पारालिम्पिक खेलेकी मरियम हाङचाउ पारा एसियाडमा ४७ केजीमुनिकाे ताैलमा खेल्दै कांस्य जितेकी खेलाडी हुन् ।
आजै बिहान भएकाे प्रतिस्पर्धामा आठ खेलाडी मात्र रहेकाले सिधै क्वाटरफाइनलमा खेलेकी पलेशा पहिलाे खेलमा इरानीकी किशाेरी १७ वर्षे जाहरा रहिमीसँग १२-१ अंकले पराजित भएकी थिइन् । याे हारले पलेशाकाे ठूलाे पदककाे बाटाे राेकिएकाे हाे।
तेस्राे वरीयताकी इरानी रहिमी पेरिस पारालिम्पिककी रजत विजेता हुन् भने छैटौं वरीयताकी पलेशा कांस्य विजेता खेलाडी हुन् । सन् २०२४ मा रहिमीले ५२ केजीमुनि खेलेर रजत जित्दा पलेशाले ५७ केजीमुनि खेलेकी थिइन् ।











प्रतिक्रिया