काठमाडौ ।
दसैं र तिहारमा गाडी नपाएर तथा आर्थिक अभावका कारण माइतीघर जान नपाएका दिदीबहिनी र आमाहरूलाई खोटाङका युवाहरूले यस वर्ष पनि निःशुल्क घर पुर्याउने भएका छन्।
चाडपर्वमा आफ्ना परिवार र माइतीसँग भेटघाट गर्नबाट वञ्चित महिलाहरूलाई सहयोग गर्ने उद्देश्यले युवाहरूले यो अभियान सञ्चालन गर्न लागेका हुन्।
युवाहरूको यस मानवीय पहलले आर्थिक अवस्था कमजोर भएका र यातायातको समस्या भोगिरहेका महिलाहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया