काठमाडौँ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाले आज शपथग्रहण गर्ने भएका छन् । शपथग्रहण गरेसँगै उनले आजै पदबहाली गर्नेछन् ।
दसैँको फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको हो ।
शपथग्रहण तथा पदवहाली समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दसैँंपछि गर्ने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसको महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ ।











प्रतिक्रिया