काठमाडौं ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी र त्रिशूलीमा आएको बाढीका क्रममा प्रहरी कर्मचारीले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्।
७१औँ प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले भोटेकोशीको बाढीमा परी तीन जना प्रहरीको मृत्यु भएको र २५ जना अझै सम्पर्कविहीन रहेको बताए।
विपद्पछि प्रहरीले अन्य सुरक्षा निकायसँगै खोज तथा उद्धार, शव व्यवस्थापन, सुरक्षा र मानवीय सहायतामा सक्रिय भूमिका निर्वाह गरेको उनले उल्लेख गरे।
कार्कीले कर्तव्य पालनाका क्रममा हालसम्म १ हजार ७९८ जना प्रहरी कर्मचारीले वीरगति प्राप्त गरेको बताउँदै कठिन परिस्थितिमा पनि विधिको शासन कायम गर्न प्रहरी प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।











प्रतिक्रिया