दसैँका लागि तीन लाख ४८ हजार यात्रु काठमाडौँबाट बाहिरिए


काठमाडौँ ।

बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। घटस्थापनादेखि असोज २९ गतेसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।ट्राफिक प्रहरीका अनुसार असोज २९ गते मात्रै ८५ हजार ५६१ यात्रु काठमाडौँबाट बाहिरिएका छन्।

दसैँका लागि हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन्।विभिन्न राष्ट्रिय राजमार्गमा सडक बिग्रिएका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न नसक्दा यातायात व्यवस्थापनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन्। व्यवसायी महासङ्घले यात्रुलाई अग्रिम टिकट लिएर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ।