काठमाडौं ।
नेपाली गीतसंगीत क्षेत्रको प्रतिष्ठित इमेज अवार्डको २३औँ संस्करण आयोजना हुने भएको छ। कामना इमेज ग्रुपले आयोजना गर्ने अवार्डका लागि आगामी शुक्रबार, असोज ३० गतेदेखि आवेदन खुला गरिने भएको छ।
२०८२ कार्तिक १ देखि २०८३ असोज मसान्तसम्म प्रसारण भएका गीत तथा म्युजिक भिडियोले अवार्डमा सहभागिता जनाउन सक्नेछन्। यसपटक सर्वोत्कृष्ट गीत, गीत रचना, संगीतलगायत १७ विधामा अवार्ड प्रदान गरिनेछ।
नेपाली गीतसंगीत क्षेत्रका सर्जक तथा कलाकारलाई सम्मान र प्रोत्साहन गर्दै आएको इमेज अवार्डको २२औँ संस्करण २०७९ असोज ३ गते काठमाडौंको सोल्टी होटलमा सम्पन्न भएको थियो। उक्त संस्करणमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।
दुई दशकभन्दा लामो इतिहास बोकेको इमेज अवार्डले नयाँ प्रतिभाको पहिचान तथा नेपाली गीतसंगीत क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको छ।











प्रतिक्रिया