सेलिब्रेटीसँगै मिसेस नेपाल वल्र्डको द ग्ल्याम नाइट


विवाहित महिलाको सौन्दर्य, आत्मविश्वास र फेसनलाई एउटै मञ्चमा उतार्दै ह्विस्पर मिसेस नेपाल वल्र्ड २०२६ का प्रतियोगीहरूले हालै राजधानीमा आयोजित द ग्ल्याम नाइटमा आप्mनो आकर्षक प्रस्तुति दिएका छन्।


रिबन इन्टरटेनमेन्टको आयोजनामा आगामी कात्तिक १४ गते हुने प्रतियोगिताको तयारीअन्तर्गत आयोजित फेसन शोमा प्रतियोगीहरूले तीन फरक पहिरनमा ¥याम्पमा उत्रिएर दर्शकको ध्यान खिचेका थिए। कार्यक्रममा अभिनेता राजेश हमाल, रमेश उप्रेती, जितु नेपाल, प्रमोद अग्रहरी, अभिनेत्री रेखा थापा, पूजा शर्मा, सुपुष्पा भट्ट तथा गायक आनन्द कार्कीलगायतका सेलिब्रेटीमाझ प्रतियोगीहरूले ब्राइडल, निभिया र गाउन सिक्वेन्समा ¥याम्प वाक गर्दै आप्mनो शैली, व्यक्तित्व र प्रस्तुति क्षमता देखाएका थिए।

ब्राइडल सिक्वेन्समा प्रतियोगीहरूले परम्परागत दुलही पहिरनमार्फत नेपाली संस्कृति, सौन्दर्य र आकर्षण प्रस्तुत गरे। निभिया सिक्वेन्समा सौन्दर्य तथा व्यक्तिगत हेरचाहस“ग सम्बन्धित ब्रान्ड प्रवद्र्धनलाई फेसनसँग जोडिएको थियो। गाउन सिक्वेन्समा भने प्रतियोगीहरूले आप्mनो आत्मविश्वास, व्यक्तित्व र ¥याम्पमा प्रस्तुत हुने क्षमता प्रदर्शन गरेका थिए। त्यसै गरी प्रतियोगिताका पूर्व विजेताहरुले पनि ¥याम्प वक गरेका थिए।

कार्यक्रममा अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, पूजा शर्मा र सुपुष्पा भट्टले प्रतियोगिताका विजेताले पहिरिने ताज सार्वजनिक गरेका थिए। गायक आनन्द कार्कीले आप्mना चर्चित गीत प्रस्तुत गरेर माहोललाई सांगीतिक बनाएका थिए भने हास्य कलाकार जितु नेपालले समसामयिक विषयमा हास्यव्यंग्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।